महोत्तरी : नेपाल पर्यटन बोर्डको प्रदेश कार्यालय हाललाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा रहने भएको छ । बोर्डले सातै प्रदेशमा आफ्ना कार्यालयहरु स्थापना गर्दै छ ।

कार्यालय स्थापनाका लागि स्थलगत अवलोकन र विस्तारका लागि नाटा केन्द्र अध्यक्षको अगुवाईमा नेपाल पर्यटन वोर्ड संग सहकर्य गरि प्रदेश १,२,३ र प्रदेश ५ मा नाटाले बिद्ययालयको स्थापना गरेको हो । नाटाको स्थापना १९६६ मा नेपालको पहिलोपल्ट पर्यटक व्यबसायका लागि काम गर्ने संस्थाको रुपमा स्थापना भएको हो ।

नाटा प्रदेश नम्वर २ का नव निवार्चित महासचिव सुदर्शन काफ्लेका अनुसार प्रदेश नम्वर २ लाई आन्तरिक तथा वाह्य अन्तर्गत रहेका पर्यटन क्षेत्रका व्यापार व्यावसायिहरुलाई एक जुट गरि पर्यट्किीय क्षेत्रको पहिचान गरि होटल हवाई उडान ,स्थलगत सवारी साधनको सहज पहुँच सहित विभिन्न पर्यटन क्षेत्र संग सम्बन्धित सहकार्य गर्ने छौ ।

देश संघीयतामा गएसँगै हामी पनि प्रदेश स्तरबाट अघि बढ्ने रणनीतिका साथ कार्यालयहरुको स्थपना गर्न लागेका छौं,’ उहाँले भन्नुभयो, ‘समस्या जहाँ छन् समाधानका उपाय पनि त्यही हुन्छन् ।’

प्रदेश नम्वर २ का पर्यटन व्यवसायीहरुका सबैभन्दा ठुलो समस्या पर्यटन सम्बन्धि विधान तर्जुमा नहुनु र प्रदेश सरोकारले गर्न नसक्नुु पर्यटन प्रवधनमा व्याबसाय रुपमा असर परेका छन । यसका लागि नाटाले प्रदेश सरोकार संघ समन्वय र सहकार्य दिदै अगाडि बढने कुरामा महासचिव काफ्लेले जोड दिएका हुन् ।

उक्त अवसरमा नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट (ल्ब्त्त्ब्) प्रदेश २ को प्रथम भेला बर्दिबास–४ स्थित होटल नाभ्यामा नाटाका नवनिर्वाचित अध्यक्ष मोहन शर्मा को अध्यक्षतामा बर्दिबास नगरपालिका प्रमुख बिदुर कार्की ,नाटा केन्द्रका अध्यक्ष अच्युत गुरागाईं एवं केन्द्र का पदाधिकारी,नाटा प्रदेश १ का अध्यक्ष, गण्डकी प्रदेशका अध्यक्ष एवं पदाधिकारी लगायत नेपाल होटल तथा पर्यटन व्यवसायी संघ प्रदेश नम्वर २ का अध्यक्ष हिरा गौतम, चुरे संरक्षणका संयोजक युवराज लामा ,नाथम प्रदेश नम्वर २ प्रमुख शिवेन्द मल्लिक लगायतका अगुवाईमा समितिको चयन गरियो । जस्मा नाटा प्रदेश नम्वर २ को अध्यक्ष मोहन शर्मा लामिछाने,बरिष्ठ उपाध्यक्ष बिनोद चौधरी , उपाध्यक्ष मो.हैदर अली,महा–सचिव सुदर्शन काफ्ले , सचिव शिवम साह, कोषाध्यक्ष संजय गाडिया , सदस्य सिदार्थ लामा , सदस्य दिनेश कुमार सिंह र सदस्य संजय अग्रवाल सहित ९ सदस्य समिति चयन भएका हुन ।


२०७७ चैत्र २०, शुक्रबार २२:२५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय