
काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप ३३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५३२ पीसीआर परीक्षण गर्दा ३३७ जनामा कोरोना पुष्टि भएको हो। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी काठमाडौँमा ११६ जनामा कोरोना पुष्टि भएको छ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७९ हजार ७२५ पुगेको छ। यस्चतै आज देशभरमा सक्रिय संक्रमितको संख्या २८ सय रहेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा १५१ जना कोरोना संक्रमित निको भएसँगै अहिलेसम्म २ लाख ७३ हजार ८८६ जना कोरोना संक्रमित निको भएका छन्।
यस्तै पछिल्लो २४ घण्टामा थप १ कोरोना संक्रमितको निधन भएको छ। योसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३ हजार ३९ पुगेको छ।