काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभाको विश्वासको मत प्राप्त गर्न असफल भएका छन्

सोमबारको प्रतिनिधिसभाको बैठकमा विश्वासको मत सम्बन्धी प्रस्तावको मतदानमा ओली विश्वासको मत प्राप्त गर्न असफल भएका हुन् ।

विश्वासको मतको प्रस्तावको पक्षमा ९३ विपक्षमा १२४ र मत दिन्न भन्नेमा १५ मत रहेको सभामुख सापकोटाले बताए ।

तत्काल कायम रहेको संख्याको बहुमत नरहेकाले प्रस्ताव अस्वीकृत भएको घोषणा गरिएको छ ।

एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल लगायत नेपाल-खनाल समूहका सांसद मतदानमा अनुपस्थित भएका थिए ।

यसअघि प्रतिनिधिसभा बैठकमा मतविभाजनको प्रक्रियामार्फत् मतविभाजन शुरु भएको थियो। त्यसअघि सभामुख अग्नि प्रसाद सापकोटाले मतविभाजनको प्रक्रियाबारे संसदलाई जानकारी गराएका थिए ।

मतदानअघि प्रधानमन्त्री ओलीले आफूलाई विश्वासको मत दिन सबै सांसदहरुलाई आग्रह गरेका थिए ।

२०७८ बैशाख २७, सोमबार १७:५४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय