Nepalvani

जनकपुरधाम : प्रादेशिक अस्पताल जनकपुरधाममा नेताको श्रीमति देखि मेडिकल सुपरिटेण्डेन्टको भान्जा र भतिजा सम्मको नियुक्ति गरेको पाईएको छ । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान गठन आगावै निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. प्रमोद कुमार यादवले नातागोता तथा राजनीतिक आधारमा १४ जनालाई नियुक्ति दिईएको पाईएको हो ।

तत्कालिन समाजवादी नेपाल पार्टीका जिल्ला संयोजक हुँदै प्रदेश सचिव र हाल जनता समाजवादी पार्टीको केन्द्रिय सदस्य समेत रहेका शेषनारायण यादवको श्रीमति प्रमा ढकाल (स्टाफ नर्स पाँचौ) मा नियुक्ति दिईएको प्रमाण सुरक्षित छ । यसैगरी मेडिकल सुपरिटेण्डेन्ट डा. यादवको भाई डा. कामेन्द्र यादव (मेडिकल अधिकृत आठौं पेडियाट्रिक) र भान्जा सोहन कुमार यादव (एनेस्थेटिक सहायक पाँचौं) लाई नियुक्ति दिईएको छ ।

निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. प्रमोद यादव यादव नियुक्त भएको एक सातामै माघ १२ गते रमीन कुमार साह (मेडिकल अधिकृत आठौं एनेथेसिया), डा. अजय कुमार साह, डा. सुनिता राय (मेडिकल अधिकृत आठौं गाईनो), डा. लव कुमार साह (मेडिकल अधिकृत आठौं पेडियाट्रिक), डा. ज्ञानेन्द्र ठाकुर, र दिपेन्द्र कुमार यादव (रेडियोग्राफर पाँचौं) लाई नियुक्ति दिईएको छ ।

मंसिरमा २० मा प्रादेशिक अस्पतालको जिम्मेवारी पाएका निमित्त मेडिकल सुपरिटेण्डेन्टले डा. यादवले पुस १२ गते देखि २० गते सम्ममा १४ जनालाई बनिा प्रतिस्पर्धा नियुक्ति दिईएको पाईएको छ । नियुक्ति दिएका मध्ये पदअनुसार १ लाख देखि तीन लाख सम्म रकम लेनदेनको आधारमा नियुक्ति दिईएको नियुक्ति पाएका एक चिकित्सकले बताए । उनले भने, ‘मेसुको भतिजो देखि भान्जा सम्मलाई नियुक्ति दिदा पहिल्यै देखि हामीले काम गर्दै आएकोमा समेत रकम दिएर नियुक्ति पाएको छु ।’

यता प्रादेशिक अस्पतालका निमित्त मेसु डा. प्रमोद कुमार यादवको फोन उठेन् । प्रशासन तर्फका कर्मचारी लाबाबु अन्सारी नियुक्ति दिएका सबैजनालाई भोलन्टियरको रुपमा तलव भत्ता बिनै काम गराईरहेको जानकारी दिए । उनले भने, ‘नियुक्तिको विषयमा मलाई जानकारी भएसम्म कोभिड-१९ को महामारी समयमा नवनियुक्ति दिएका सबै भोलन्टियरको नियुक्ति खारेज गरिएको छ ।’

प्रादेशिक अस्पतालले नियुक्ति दिएकाहरुको संघीय सरकारबाट समाजिक बिकास मन्त्रालय मार्फत प्रादेशिक अस्पतालमा विशेष सेवा सञ्चालनका लागि करार सेवामा सशर्त अनुदानबाट तलव खुवाउने गरी नियुक्ति दिएको हो । तर बैशाख ३ गते अस्पतालले भोलन्टियर रुपमा काम गरेको चिकित्सकहरुको नियुक्ति मात्र खारेज गरिएको पत्रमा उल्लेख छ ।

 

२०७८ बैशाख २८, मंगलवार १०:१५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय