सप्तरी : सप्तरीमा ट्रकले साइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

हनुमाननगर कंकालिनि नगरपालिका वडा नम्बर ३ मा मंगलबार बिहान साढे ६ बजे ट्रकले साइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

पोर्ताहास्थित पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको ना ६ ख ३८६१ न. को ट्रकले साइकललाई ठक्कर दिँदा सोही स्थानका ४५ वर्षीय सत्य नारायण मण्डल र उनकी श्रीमती ४० वर्षीया सुनिता मण्डलको मृत्यु भएको प्रवक्ता काफ्लेले जानकारी दिए।

ट्रकको ठक्करबाट घाइते भएका दुवैलाई उपचारको लागि स्थानीय अस्पताल भारदह लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

मृतकको शव अहिले पोस्टमार्टमको लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा राखिएको छ। ठक्कर दिने ट्रक तथा चालक प्रहरी नियन्त्रणमा रहेको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ।

२०७८ बैशाख २८, मंगलवार ११:२४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय