जनकपुरधाम : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ७ सय बढी कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल १ हजार ३३१ कोरोना संक्रमितको आईसीयूमा र ३७० को भेन्टिलेटरमा गरी कुल १ हजार ७०१ जना उपचाररत छन्।

मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा १९२ जना आईसीयूमा र ५४ भेन्टिलेटरमा उपचाररत छन् । यसैगरी प्रदेश २ मा १९९ आईसीयूमा र ४८ जनाको भेन्टिलेटर उपचार भइरहेको छ। यसैगरी बागमती प्रदेशमा ५५४ जना आईसीयूमा र २१९ जना भेन्टिलेटरमा छन्।

गण्डकी प्रदेशमा ९८ जना आईसीयूमा र २० जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा १४० जना आईसीयूमा र १११ जना भेन्टिलेटरमा, कर्णालीमा १०८ जना आईसीयूमा र ८ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा ४७ जना आईसीयू र १० जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

२०७८ जेष्ठ ३, सोमबार ०६:१३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय