जनकपुरधाम : धनुषाको सबैला नगरपालिका ९ स्थित सप्तेश्वरनाथ महादेव मन्दिर अगाडीको पोखरीमा डुबेर एक बालिकाको मृत्यू भएको छ ।
मृत्यु हुनेमा बिदेह नगरपालिकाको जोगियारा टोलकी अन्दाजी १० वर्षीया बालिका निक्की कुमारी राय रहेकी छन् । आफन्तको बिहेमा सरिक हुन धनुषाको धार्मिक स्थल सतोषरधाम पुगेकी थिइन् । केही बालबालिकासंग पोखरीमा नुहाउन गएको बेला उनी डुबेको बताइएको छ ।
उनको शव पोष्टमार्टमका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल पठाएको छ । घटना विषयमा प्रहरीले भने अनुसन्धान गरिरहेको जनाएको छ ।