janakpur-duban-ma

जनकपुरधाम : थोरै पानी पर्दा समेत जनकपुरधामको मुख्य सडक बाहेकका सहायक सडक तथा गल्लीहरु डुबानमा पर्ने गरेको छ । एशियाली बिकास बैंक (एडिबी)को परियोजनाले जनकपुरधामका मुख्य सडकहरुमा हिन्न र गाडी कुदाउन केहि राहत भएपनि अन्य सडकहरुको हालत भने उस्तै छ । तरपनि स्थानिय सरकारको कुनै वास्ता छैन । वर्षायाममा वस्ती र समुदायले गुनासो गरेपछि दुईचार सफाईकर्मी पठाएर नाला सफाई गर्नु भन्दा कुनै काम भएको देखिदैन ।

 

छनिक वर्षाकै कारण जनकपुरधाम वडा नं. ११ को अधिकांश गल्ली र सडकहरुमा पानी जमेको छ । वडा सदस्य संतोष कुमार साहका अनुसार वडा अध्यक्ष रामचन्द्र साह मेयर लालकिशोर साह संग मिलेर धमाधम आफनो मात्र काम गरिरहेका छन् । उनलाई वडा सदस्यहरु संग सल्लाह गर्नु भन्दा मेयर भए पुग्ने रहेछ साहले बताए । यतिकै वर्षाले घर घरमा पानी पसिरहेको छ तर पनि वडा अध्यक्षलाई कुनै परवाह छैन, उनले भने ।

यो समस्या अधिकांश वडाको छ । जनकपुरधामको मुख्य बजार क्षेत्र बाहेक ग्रामिन वडाहरुमा त हिन्न सक्ने अवस्था छैन । दुई आार्थिक वर्ष देखि कोरोना काल पनि जारी छ । स्थानिय सरकारले न त कोरोना नियन्त्रण मै राम्रो काम गर्न सकेको छ न त ढल निकास र सफाईमा नै । वडा सदस्य साह भन्छन, ‘गत र जारी आर्थिक दुई वर्षमा उपहानगरपालिकाले के गरयो ?’ हामी आफैलाई थाहा छैन ।’

२०७८ जेष्ठ १४, शुक्रबार ०६:२९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय