
काठमाडौं : नारायणहिटी दरबार हत्याकाण्डको आज २० वर्ष पूरा भएको छ । विसं ०५८ जेठ १९ गते शुक्रबार राति सवा नौ बजे भएको हत्याकाण्डमा तत्कालिन राजा वीरेन्द्र शाहको वंश नै नाश भएको थियो ।
नारायणहिटी दरबारको त्रिभुवन सदनको विलियार्ड बैठकमा भएको हत्याकाण्डमा तत्कालिन राजा विरेन्द्र, रानी ऐश्वर्य, तत्कालिन युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, वीरेन्द्रका कान्छा भाइ धिरेन्द्र, वीरेन्द्रकी बहिनी राजकुमारी जयन्ती, शान्ति र शारदा सहितको ज्यान गएको थियो ।
हत्याकाण्डपछि राजपरिवारका सदस्यह?लाई नेपाली सेनाको छाउनी अस्पताल पु¥याइएको थियो । राजा वीरेन्द्र तथा रानी ऐश्वर्यको सोही दिन मृत्यु भएर कोमामा रहेका दीपेन्द्रलाई नयाँ राजा घोषणा गरिएको थियो । दीपेन्द्रको पनि कोमामै उपचारको क्रममा जेठ २२ गते निधन भएपछि वीरेन्द्रका माइला भाइ ज्ञानेन्द्र लाई नयाँ राजा घोषणा गरियो ।
हत्याकाण्डको बिषयमा अध्ययन गर्न तत्कालिन सभामुख तारानाथ रानाभाटको अध्यक्षतामा बनेको समितिले दरबार हत्याकाण्ड तत्कालिन युवराज दिपेन्द्रले गराएको प्रतिवेदन बुझाए पनि त्यसलाई कसैले पत्याएनन् । प्रतिवेदनमा राप्रपा नेता पशुपतिशमशेर राणाकी छोरी ( दीपेन्द्रकी प्रेमिका ) देवयानी राणासँग विवाह गर्न खोज्दा परिवार बाधक बनेपछि दिपेन्द्रले हत्याकाण्ड मच्चाएको उल्लेख थियो । हत्याकाण्डलगत्तै तत्कालीन राजा ज्ञानेन्द्रको निर्देशनमा घटना भएको त्रिभुवन सदन भत्काइएको थियो ।
दरबार हत्याकाण्डको ७ वर्षपछि ०६५ जेठ १५ गते मुलुकबाट राजतन्त्र समाप्त भैं गणतन्त्र स्थापित भयो । अहिले नारायणहिटी दरबार पनि संग्रहालयमा परिणत भैसकेको छ । सोही संग्रहालयले त्रिभुवन सदनको पुनर्निर्माण पनि गरेको छ । दरबार हत्याकाण्ड भएको स्थानको स्मरण गराउन त्रिभुवन सदन निर्माण गरी संग्रहालयका ?पमा संरक्षण गरिएको हो । गत वर्षदेखि राजाले लगाउने गरेको श्रीपेचका साथै सुनको राजदण्ड समेत सर्वसाधारणका लागि प्रदर्शनीमा राखिएको छ ।
यस अवधिमा दरबार हत्याकाण्डमाथि थुप्रै टिकाटिप्पणी भए, तर हत्याकाण्डको २० बर्ष पुगिसक्दा समेत राजा वीरेन्द्रको वंशनाँस गर्ने वास्तविक चुरो अझै पत्ता लाग्न सकेको छैन । जति धेरै वर्ष बित्यो त्यतिनै धेरै रहस्यमयी बन्दै गएकोे छ दरबार हत्याकाण्ड , यस दिनलाइ नेपाली जनताले कालो दिनको ?पमा स्मरण गर्छन । यस बिचमा धेरै मन्त्रीह? फेरिए,राष्ट्र प्रमुखह? आए सबैले आश्पसन मात्रै दिए तर कसैले वीरेन्द्रको वंशनाँस गर्ने हत्यारा पत्ता लगाउन सकेनन ।
राजा फालेर गणतन्त्र ल्याएको नेपाली जनताले गणतन्त्रको आभाष कहिल्यै गर्न पाएनन । सरकारमा रहेका मन्त्रीह? आफ्नै दलीय र पदीय स्वार्थमा लिप्त हुंदा देशका जनताले अमनचैनको स्वार्स फेर्न पाएका छैनन , अहिले राजा आउ देश बचाउ भन्ने नारा घन्किन थालेको छ । मुलुकमा यस्तै खिच्चातानी रहिरह्यो भने गणतन्त्रको समाप्ति नहोला भन्न सकिन्न ।