काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ५७० जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् ।

योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख ४ हजार ५३० पुगेको छ । निको हुने दर ८४.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार १५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १२ हजार ६५ जनाको पीसीआर परीक्षणबाट ३ हजार ८७० र ५ हजार ६११ एन्टिजेन परीक्षणमा १ हजार २८३ जना गरी ५ हजार १५३ जना कोरोना संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा थप १०८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

२०७८ जेष्ठ २५, मंगलवार १७:१८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय