काठमाडौं : देशभर मौसम बदली भएको छ । प्रदेश २ सहितका केहि स्थानमा भीषण वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भीषण वर्षा हुने सम्भावना रहेको बताइएको छ । केहि स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने भनिएको छ । भीषण वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन पनि मौसम पूवानुमान महाशाखाले आग्रह गरेको छ ।

प्रदेश १ देखि लुम्बिनी प्रदेशको पूर्वी भू–भागसम्म मनसुनी वायुको प्रभाव रहेको तथा बाकी भू–भागमा पश्चिमी वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आइतबार बिहान देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका एक/दुई स्थानमा वर्षा भइरहेको छ।

दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

२०७८ जेष्ठ ३०, आईतवार ०८:५३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय