महोत्तरी : महोत्तरीको गौशाला नगरपालिका-८ बोलगाछीका एकल महिला चन्द्रावती देवी रामलाई रेडियो रूपान्तरण १०६.३ मेगाहर्जको पहलमा विजलपुरा युवा समाजद्वारा राहत प्रदान गरिएको छ ।

छिमेकीले आफ्नो घरको छेउमा सानो जात बसेको भनेर घर भत्काईएपछि घरवारविहीन भएकी चन्द्रावती देवी रामलाई आईतबार सो संस्थाले राहत प्रदान गरिएको हो ।

नेपाल घर भई विदेशमा रहेर पैसा संकलन गर्दै आपतविपतमा परेकालाई राहत प्रदान गर्ने उद्देश्यले चन्द्रावतीलाई नगद ९ हजार ५ सय ५५ रुपैयाँ, २० किलो चावल, ५ किलो आलु, १ लिटर खानेतेल, सावुन ४ थान, च्युरा अढाई किलो, नुन १ पोका त्रिपाल १ थान, ५० पिस मास्क लगायतका खाद्यान्न सामग्री प्रदान गरिएको संस्थाका प्रतिनिधी उदय राउतले जानकारी दिए ।

बैदेशिक रोजगारीमा रहेका युवाहरु मिलेर प्रत्येक महिना यस्ता व्यक्तिहरुलाई राहत प्रदान गरिएको संस्थाका संयोजक संजय राउतले जानकारी दिए ।

२०७८ असार २७, आईतवार २०:५६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय