काठमाडौँ : नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले वरिष्ठ नेता माधव कुमार नेपालसँग भेटवार्ता गरेकी छिन् ।

शुक्रबार प्रचण्ड निवास खुमलटारमा अध्यक्ष प्रचण्डलाई भेटेलगत्तै राजदूत यान्छीले वरिष्ठ नेता नेपाललाई भेटेकी हुन् ।

दुवै नेतासँगको भेटमा राजदूत यान्छीले पार्टी, सरकार र पछिल्लो राजनीतिक गतिविधिबारे चासो व्यक्त गरेकी थिइन् ।

राजदूत यान्छीले दुवै नेताहरुसँगको भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी गरेको बुझिएको छ ।

राजदूत यान्छीले आजै प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत भेटेकी थिइन् ।

२०७८ श्रावण २, शनिबार ०७:११मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय