काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई तथा सफलताको शुभकामना दिएका छन् । संसदमा् विश्वासको मत लिएलगत्तै मोदीले प्रधानमन्त्री देउवालाई बधाई दिएका हुन् । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन् ।
नेपाल र भारतबीचको द्धिपक्षीय सहकार्यलाई अझै उचाईमा पुर्याउने र जनस्तरमा कायम रहेको सम्बन्धलाई अझै प्रगाढ बनाउने पनि मोदीले उल्लेख गरेका छन् । प्रधानमन्त्री देउवाले आजमात्रै संसदमा विश्वासको मत प्राप्त गरेका हुन् ।
उनको पक्षमा १६५ मत प्राप्त भएको थियो । र, विपक्षमा ८३ मत खसेको थियो । कुल मत भने २४९ खसेको थियो । यसअघि रिपोर्टर्स नेपाल डटकमले भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री देउवालाई विश्वासको मत लिएपछिमात्रै बधाई दिने भनेर समाचार लेखेको थियो ।