जनकपुरधाम : महोत्तरीको लोहारपट्टी नगरपालिका–७ भ्रमरपुराकी सुजिता ठाकुरको ह-त्याको घटना अनुसन्धानका लागि प्रहरीले उनका बाबु कामेश्वर पाण्डेलाई पनि पक्राउ गरेको छ ।

जेठ २० गते राति भएको सुजिताको ह-त्यामा बाबुको संलग्नता देखिने केही प्रमाण फेला परेकाले पक्राउ गरेको प्रहरीले जनाएको छ । महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी प्रकाश विष्टले सुजिताका बाबुले उनको ह-त्याका लागि देवर रुपेशलाई उक्साएको तथ्य फेला परेको बताए । ‘अनुसन्धानका क्रममा यस्तो अडियो फेला परेको छ,’ डीएसपी विष्टले भने ।

सुजिताको ह-त्यापछि देवर रुपेशले जेठ २५ गते सुजिताका बाबु कामेश्वरलाई जानकारी समेत गराएको पाइएको प्रहरीको भनाइ छ । ‘मेरो छोरी बदमास भइसकेकी, इज्जत प्रतिष्ठा फाली, भनेर मार्ने काममा उनले सहमति दिएको जस्तो देखिन्छ,’ विष्टले भने ।

रुपेशले ह-त्या गरेर जानकारी गराएपछि कामेश्वरले ह-त्याको घटना लुकाउन रुपेशसँग बार्गेनिङ गरेको देखिएको पनि विष्टले बताए । सुजिताको ह-त्याको खबर पाएपछि कामेश्वरले बच्चाको नाममा जग्गा राखिदिनुपर्ने भनेर बार्गेनिङ गरेको र केही सीप नलागेपछि अरु व्यक्तिमार्फत प्रहरीमा आएको देखिएको डीएसपी विष्टले बताए ।

प्रहरीले सुजिताकी नन्द अञ्जु ठाकुर र जनकपुरधाम उपमहानगरपालिका–२४ कुटी पोखरी बस्ने ५५ वर्षीय प्रमोद मण्डललाई पनि पक्राउ गरेको छ । सुजिताकी नन्द अञ्जुलाई समेत रुपेशले ह-त्यालगत्तै फोन गरेर जानकारी गराएको र अञ्जुले पनि यो कुरा लुकाएको प्रहरीको भनाइ छ ।

प्रमोदले भने ह-त्या गरिएकी सुजिताको शव खेतमा गाडेको र २९ गते त्यहाँबाट उत्खनन् गरी ५ सय मिटर टाढाको सेफ्टी ट्यांकीभित्र लुकाउन संलग्न देखिएको प्रहरीको भनाइ छ ।

Sujata_thakur_mahottari_1

यसरी भएको थियो हत्या
प्रहरीका अनुसार गत जेठ २० गते बिहान ८ देखि ९ बजेको बीचमा रुपेशले भाउजू सुजिता देवी ठाकुरको कोठाभित्र मुक्का प्रहार गरी कोठाको भित्तामा टाउको ठोक्काई घाँटीसमेत थिची ह-त्या गरेका थिए ।

हत्यापछि दिनभरि शवलाई सुजिताकै पलङमा छोपेर कोठामा ताल्चा लगाई राखेको र साँझ ट्याक्टरमा राखी खेतमा खाल्टो खनी गाडेको प्रहरीले बताएको छ । जेठ २० गते राति गाडेको शव जेठ २९ गते मध्यराति पुनः खनेर रुपेशले अर्को ठाउँमा सारेका थिए । पहिला गाडिएको ठाउँबाट झिकेर ५ सय मिटर टाढा काठ गोदाम नजिकै निर्माणाधीन सेप्टिक ट्याङ्कीमा खाडल खनी पुरेको प्रहरीको भनाइ छ । प्रहरीले असार २७ गते यही ठाउँबाट शव निकालेको थियो ।

यो घटनामा संलग्न भएका मृतक सुजाताका देवर रुपेशसहित चार जनालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ । रूपेश, उनकै गाउँका ३७ वर्षीय बण्ठा भन्ने किशोरी मण्डल, ३३ वर्षीय मुल्ला भन्ने आदम राइन र ३२ वर्षीय नथुनी मण्डललाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

सम्बन्धित समाचार 

सुजिताको पहिलो हत्या योजना विफल पछि दोश्रो पटकमा हत्या

सुजिता हत्या प्रकरण : महोत्तरी प्रहरीद्वारा घटनामा संलग्न ४ जना सार्वजनिक

सुजिताको शव शौचालयको हदमा भेटियो, दाइजोको कारण नै हत्या

सुजिता हत्या प्रकरण : श्रीमान् र देवर पक्राउ

२०७८ श्रावण १९, मंगलवार ०७:११मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय