
काठमाडौँ : मनसुनी वायुको प्रभावले आज पनि देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ ।
मौसमविद् सजिना शाक्यका अनुसार अहिले प्रदेश एक, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसोपछि प्रदेश-१, वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको शाक्यले जानकारी दिइन् ।
आज राति प्रदेश-१, वाग्मती र सुदूरपश्चिम प्रदेशको एक /दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । अबको केही दिनसम्म ठाउँठाउँमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आह्वान गरेका छन् ।