
बर्दिबास : निकै सफा शहरको उपमा पाएका बर्दिबास दुर्गन्धित बन्न थालेको छ । विभिन्न संघसंस्था तथा क्लवहरुले बर्दिबासलाई ग्रिन एण्ड क्लिन सिटि बनाउन लागेका छन् । तर नगरपालिकाले समयमा फोहर व्यस्थापन गर्न नसक्दा बर्दिबासका केहि चौक फोहर बन्दै गएको छ ।
बर्दिबासको मुख्य चौक नजिक चौधरी मार्केटको विपरीतमा सडकमै अव्यवस्थित तरिकाले सधै तरकारी बजार लाग्ने गर्छन् । सडकमै तरकारी पसल राखेका ती व्यपारीहरु कुहिएको सबै तरकारी त्यहीँ सडकमै फाल्ने गर्छन् । सडकमा फोहर थुपारेको देखेर अन्यले समेत आ-आफ्नो घरको फोहर त्यही ठाउँमा फाल्ने गर्छन् । सडकमै फालिएको फोहरले गर्दा बर्दिबास दुर्गन्धित बन्दै गएको छ ।
नगरपालिकाले बाटोमा लाग्ने तरकारी बजारलाई व्यस्थापन तथा फोहर फाल्नेमाथि कारवाही नगर्दा सडकमा फोहर थुपार्नेहरुको मनोवल बढ्दै गएको स्थानीयको भनाई छ ।
स्थानीय युवा बिजय पोख्रेलका अनुसार बर्दिबासलाई क्लिन सिटिका रुपमा निर्माण गर्न यहाँका जनतालाई स्वम सचेत र जागरुक हुनुपर्ने आवस्यक देखिन्छन् । सुन्दर बर्दिवास निर्माण गर्न यहाँका व्यपारी र स्थानीयवासीले फोहोर डिस्पोज तथा सडकमा राखिएको डस्टवीन भित्र राख्दा फोहर व्यस्थापन हुने उनले बताए । दृश्य: सागर बस्नेत