काठमाडौँ : पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा सत्ता निकट विद्यार्थी संगठनले नेपाल आयल निगमको कार्यालय घेराउ गरेका छन् ।

शुक्रबार निगमको केन्द्रीय कार्यालय टेकु पुगेर विद्यार्थीले घेराउसहित नारावाजी गरेका हुन् । उनीहरूले तत्काल पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न माग गरेका छन् ।

मूल्यवृद्धिविरुद्ध विद्यार्थी संगठनले चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् । यसअघि उनीहरूले मूल्यवृद्धि फिर्ता लिन माग गर्दै सरकारसमक्ष ज्ञापन पत्र बुझाएका थिए ।

२०७८ कार्तिक २६, शुक्रबार १४:५७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय