गोबिन्द महतो,

जनकपुरधाम : ‘एक युगमा एक दिन एक चोटी आउँछ, उलटपुलट-उथलपुथल, भत्ताभुङ्ग हेरफेर गरेर ल्याउँछ’ यी हरफले पटक-पटक भएको मधेश आन्दोलन र त्यसयताका उपलब्धि संगालेर हेर्दा अपवाद बनेर आउँछ । समय दिनदिनै बितिरहेको छ, तर ती उथलपुथलमा ज्यानको आहुति दिएर बलिदानी दिएका शहिदहरुको सपना अझै पुरा हुन सकेको छैन् । नत शहिद परिवारले उचित सम्मान पाउन सकेको छ, न त संघीयता, समावेशी समानुपातिकको आभास नै पाएको पाईन्छ ।

मधेशमा आव्हान गरेरै दुई ठुला आन्दोलन भयो । ०६२/०६३ र ०७२/०७३ मा दुई पटक आन्दोलन भयो । पहिलो आन्दोलनमा सहभागि भएर अन्तरिम संविधान २०६३ मा समान सहभागिता, पहिचान, समानुपातिक, समावेशी र अर्को संविधानमा मधेशीका पहिचान र अधिकार प्राप्त नभएको भनी दुई छुट्टा-छुटै आन्दोलन भयो । आन्दोलनबाट मधेशले केही नपाएको पनि होईन् । केही उपलब्धि पाएको छ भने केही अझै बाँकी रहेको नेताहरु भन्छन् ।

आन्दोलनमा सबैभन्दा बढी उपलब्धि नेताहरुले पाए । चाहे त्यो स्थानीय तहको निर्वाचनमा होस् वा प्रदेश चाहे प्रतिनिधिसभाका निर्वाचनमा । मधेश आन्दोलनको जगमा पुगेका नेताहरु हिजोको दिनलाई भुलेको शहिद परिवारको आरोप छ । प्रत्यक्ष वा अप्रत्यक्ष आन्दोलनमा होमिएकाहरुलाई उपेक्षा गरिएको राजनीतिज्ञ विश्लेषक अन्नत अनुराग बताउँछन् ।

sahid_nepalvani_magh6

‘आन्दोलनताका समयमा शहिद भएकै दिन विशेष भाषण दिने तर सत्ता र भत्ताको मोहमा चुर नेताहरु आन्दोलनकारी बिर्सेका छन’ विश्लेषक मेहताले निर्वाचनको समयमा शहिदको नामबाट जनतासामु भावनात्मक रुपमा नेताहरु केही वर्षमै फेरिएको भनाई छ । ‘मधेशी पार्टीले त्यो दिन कसरी विर्सन सक्छ, अहिले त तीस दशक वा तीन दशक पनि भएन भर्खर तीन वर्ष अन्मा शहिदलाई बिर्सनु शहिद परिवारको अन्याय हो ।’

शहिद परिवारको गुनासो : नेताले सत्ता र भत्ता पाए हामीले कहिल्यै नबिर्सिने चोट

२०६३ मा सुरु भएको बिद्रोह संविधान जारी हुँदा सम्म तीन पटक मधेश आन्दोलित भयो । दर्जनौं मधेसी जनताले ज्यानको बाजी लगाए । सयौं आन्दोलनकारी घाइते भए, असक्त भए, सयौं माथि राजनीतिक मुद्दा दर्ता भए । सयौं नागरिकहरु अहिले पनि आन्दोलनकै कारण जेलमा छन् । यति महँगो मुल्य चुकाएर अहिले मधेशले प्रदेश २ मा सरकार निर्माण गर्‍यो । तर आन्दोलनमा शहादत दिएका शहिद परिवारको अवस्था जस्ताको त्यस्तै रहयो ।

शहिद परिवारले कसरी गुजारा चलाएका छन, बुवाआिमाको अवस्था कस्तो छ ? कसैलाई मतलव छैन, दोश्रो मधेश आन्दोलनका शहिद नितु यादवकी आमा राजकुमारी देवी यादवको गुनासो छ । ‘मधेश आन्दोलन तथा शहिदको बलिदानीको जगमा बनेको प्रदेश सरकारले नितुको आमा बुवालाई केही गरिदिएको छैन् । सरकारले शहिद परिवारलाई रोजगारीपत्र र घाईतेलाई आर्थिक सहायता दिएपनि मेरो परिवारले प्रदेश सरकारबाट सम्मानमा वर्षमा माला, टिका र एउटा गम्छा बाहेक केही छैन्’ उनले भनिन ।

धनुषाको जनकपुरधाम उप-महानगरपालिका १९ जमुनिया शहिद नितु यादवको घरमा उनकी आमा प्रायः बस्दिनन् । दिनभरी खेतमै बस्छिन् । घरमा बस्दा छोराको याद आउँछ, कहिले उसलाई सम्झाएको ती दिन गनेर भक्कानो भोडेर रुन्छिन त कहिले उनको सुत्ने कोठामा गएर रुन्छिन । शहिद नितुका भाई रप्पु यादव भन्छन, ‘मेरो भाई गुम्यो, आमा त्यही सम्झेर रुन्छिन, म सम्झाउँछु, कतिदिन कुरा बुझनुहुन्छ, कतिदिन त रुवेको रुवै बस्नुहुन्छ ।’

धनुषा लक्ष्मीनिया गाउँपालिका १ अरेरबा टोलका रामनरेश यादव छातीमा पत्थर राखेर छोराले मृत्युवरण गरेको आँखामा आँसु ओभाइसकेका छैनन् । पीडा उत्तिकै छ । त्यो पीडाको १४ वर्षीय छोरा दिलिपलाई सधैका लागि गुमाएको । मधेशको अधिकारका लागि गएका दिलिपलाई सदाका लागि संसारबाट बिदा भए । पाँच छोराछोरी मध्ये बुढेसकालको सहाराको एक्लो आशा थिए दिलिप बाबुका लागि तर आश पुरा नहुँदै निराश बनाएर गएँ । पछिल्लो मधेश आन्दोलनका क्रममा ५६ जनाले ज्यान गुमाएका थिए । ती मध्येका एक हुन् रामनरेशका छोरा दिलिप यादव । ०७२ भदौ २५ गते ‘चलु जनकपुर भरु जनकपुर’ आह्वानको क्रममा प्रहरीको गोली लागि शहादत दिएका थिए ।

sahid_nepalvani_magh6

‘२५ गते विहानै दिलिपसँग कुरा भएको थियो, उनलाई जनकपुर नजान सम्झाएँ, दिलिपले नजाने पनि भने, ‘आँखाबाट आँसु झार्दै रामनरेशले भने, ‘म साउदीमा हुँदा एकजना साथीले मलाई फोन गरेर दिलिप कहाँ छ ? भनेर सोधे घरमा फोन गरे रुवावासी चलिरहेको थियो । दिलिपलाई गोली लागेर घटनास्थलमै मृत्यु भएको थियो, म आफूलाई सम्हाल्न सकिनँ, बेहोस भएँ ।’ त्यतिबेला सरकारले प्रत्येक सहिद परिवारलाई १०/१० लाख राहत उपलब्ध गराउने घोषणा गर्‍यो । र, दियो पनि । तर, छोरो नै गुमाइसकेपछि पैसाको के अर्थ’ उनी भन्छन् ।

प्रदेश सरकारले सहिद परिवारको अवस्था बुझने प्रयास गरेको छैन । भाषण गर्दा ठूलठूला आश्वासन दिने र शहिदलाई भोट ब्याङ्क बनाएर सत्तामा पुग्न सिढी बनाउने गरेको छ । रामनरेशले नियुक्ति पत्र देखाउँदै भने, ‘यी हेर्नुस नियुक्ति पत्र छ, तर काम छैन, पैसा पाएको छैन् ।’ अधिकार प्राप्तिको ठूलठूलो कुरा गर्ने नेताहरु अहिले सत्ताको होडबाजीमा छ । उनले हात जोड्दै भने, ‘जनतालाई ठूला-ठूला सपना देखाएर सत्ताका लागि राजनीति गर्ने नेताहरुको पछि कोही नलागेपनि हुन्छ, गरिब जनताले आन्दोलन गरेर, सहादत दिएर सत्तामा पुर्‍याए पनि गरीब तथा शहिद परिवारको भावनासँग खेलवाड गरेको छ ।’

अधिकारको लडाइमा आफ्नो दाइको शहादतले मुटुमाथि पत्थर राखेर बाँचेका राजु चौधरीको पीडा पनि उस्तै छ । शहिदकै नाममा जनताले सत्तामा पुर्‍याए पनि प्रदेश सरकारले शहिदप्रति चासो नदेखाउँदा राजु चिन्तित छन् । उनले शहिद परिवारलाई ५०/५० लाख रुपैयाँ दिने घोषणा गरेपनि अहिले उक्त निणर्यबाट पन्छिन् खोजेको आरोप लगाए ।


२०७८ माघ ५, बुधबार १५:०४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय