काठमाडौं : नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले मूल्य बढाएको दुई सातामै फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।
निगमले आज राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलमा ३ रुपैयाँका दरले मूल्य बढाएको हो ।
अब पेट्रोलको मूल्य प्रतिलिटर १४२ रुपैयाँ तय पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर १२५ रुपैयाँ पुगेको छ ।
यस्तै आन्तरिक हवाई ईन्धनमा प्रति लिटर १० रुपैयाँले वृद्धि गरी प्रति लिटर ११६ पुगेको छ ।
निगमले एलपी ग्यासको मूल्य यथावत राखेको जनाएको छ । निगमले यसअघि माघ ५ मा पनि पेट्रोल, डिजेल र मट्टीतेलमा ३ रुपैयाँका दरले मूल्य बढाएको थियो ।



