नेपालवाणी / जनकपुरधाम
अमेरिकी सहायता परियोजना (अमेरिकी मिलिनिय कर्पोरेशन) ‘एमसीसी’ गठबन्धन जोगउने शर्तमा अनुदमोदन गर्न नहुने बताएका छन् । उनले एमसीसी संसदमा टेवल नगर्दा वा अमेरिकी इच्छा अनुसार पारित नगर्दा गठबन्धन टुट्छ वा ढल्छ भने ढल्न दिनुपर्छ, तर यथास्थितिमा परियोजना पारित हुनुहुन्न भन्ने पक्षमा आफुहरु रहेको बताए ।
शेरबहादुर देउवा नेतृत्वको सरकारको प्रमुख घटक माओवादी केन्द्रमा एमसीसीलाई लिएर गहिरो मतभेद छ र पार्टीका कैयौँ नेताहरुले नेपाल र अमेरिकी पक्षबीच भएको मूल सम्झौतालाई बिना संशोधन अनुमोदन गर्न नसकिने बताइरहेको बेलामा नेता बरबरियाको यस्तो बताएका हुन् । मधेश प्रदेश समितिका सदस्य समेत रहेका मेयर बरबरियाले भने, ‘एमसीसी जस्तो राष्ट्रघातले पाँच दलीय गठबन्धन टुटछ भन्ने टुटोस् सरकार ढल्छ भने ढलोस् तर राष्ट्रघाती एमसीसी संशोधन विना पारित हुनुहुदैन् ।’
मेयर बरबरियाले एमसीसी सम्झौताबारे टिप्पणी गर्दै विभिन्न दल, बौद्धिक समुदाय र नागरिक समाजसँग छलफल गरेर एउटा टुङ्गोमा पुगेर मात्र एमसीसीलाई पारित गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘कुनै पनि देशको जनतामा सम्प्रभुता हुन्छ, देशको जनताले राष्ट्रिय हितमा नहुने कुनैपनि एजेण्डामा सरकारले गलत कदम चाल्यो भने त्यसको विरोध हुनुपर्छ र हामी त्यसको विरोध गर्छौ ।’ नेपालमा विद्युत् प्रसारण लाइन र सडक सञ्जालको निर्माणका लागि सहयोग गर्ने उद्देश्य राखेको उक्त सम्झौतामा नेपाल र अमेरिकाका अधिकारीहरुले सन् २०१७ मा हस्ताक्षर गरेका थिए ।


