काठमाडौं : नेपाली कांंग्रेस पर्साको जिल्ला सभापतिमा जनार्दन सिंह क्षेत्री विजयी भएका छन्। क्षेत्री संस्थापन पक्षका उम्मेदवार हुन्। संस्थापन इतरका उम्मेदवार श्याम पटेललाई ४ सय ६५ मतान्तरले पराजित गर्दै क्षेत्री जिल्ला सभापति चुनिएका हुन्।
शुक्रबार बिहान सम्पन्न मतगणनानुसार क्षेत्रीले १ हजार १२० मत प्राप्त गर्दा पटेलले ६४५ मत मात्र प्राप्त गरे। पदाधिकारीमा भने संस्थापन इतर पक्षको प्यानलै निर्वाचित भएका छन्।
७ पदाधिकारी र ६८ सदस्यीय जिल्ला कार्यसमितिका लागि भएको निर्वाचनमा क्षेत्री र पटेलले प्यानल बनाएर प्रतिस्पर्धा गरेका थिए। सभापति र ७ पदाधिकारीको मतपरिणाम सार्वजनि भइसकेपनि सदस्यहरुको भने मतगणना बाँकी छ।
पदाधिकारीमा रामनारायण प्रसाद कुर्मी र अशोक कुमार गुप्ता जिल्ला उपसभापतिमा विजयी भएका छन् ।सचिवमा इम्तियाज आलम र दिनेश कुमार चौधरी विजयी भए । सह–सचिवमा नविन सिंह र मदन राउत अहिर मत ल्याएर निर्वाचित भए ।
वीरगञ्जस्थित बालमन्दिर परिसरमा भएको मतदानमा १ हजार ७ सय ७९ जनाले भाग लिएका थिए ।