काठमाडौं : नेपाल इन्जिनिरियर्स एसोसिएसनको ३३ औं केन्द्रीय कार्यकारिणी समिति र प्रदेश कार्य समितिको चुनावम लोकतान्त्रिक समूहका उमेदवार जित्ने महासचिव पदका उमेदवार ई. रवि भुषण झाले दावी गरेका छन् ।

लोकतान्त्रिक समूहबाट ई. डा. हरि बहादुर दर्लामीको टिम चुनावी मैदानमा छन् ।यो संगै नेपाल इन्जिनियरिङ्ग परिषद् सदस्य पदको पनि निर्वाचन भइरहेको छ ।

फागुण २७ गते हुने चुनावमा साढे २१ हजार इन्जिनियर मतदाताहरुले भोट खसाल्दै छन् । नेपालमा ७० हजार ईन्जिनियर छन् । ती मध्य नेपाल इन्जिनिरियर्स एसोसिएसनमा ३७ हजार सदस्य छन् ।

लोकतान्त्रिक समुह देशभरीमै बलियो रहेको र विगतमा पनि राम्रो काम गरेकोले यसपालिको चुनाव जित्ने महासचिव पदका उमेदवार झाको भनाई छ ।

भिडियो हेर्नुहोस् :

२०७८ फाल्गुन २६, बिहीबार १५:४९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय