नेपालवाणी / जनकपुरधाम
धनुषामा पिकअपको ठक्करबाट एक मोटरसाईक यात्रुको मृत्यु भएको छ । विपी राजमार्ग अन्तर्गतको बाहुनमारामा पिकअपको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा रौतहटको चन्द्रनिगाहपुर नगरपालिका–५ बस्ने ५६ वर्षीय शेरबहादुर राई रहेको प्रहरीले जनाएको छ ।
धनुषाको मिथिला नगरपालिका–११, बाहुनमारामा मङ्गलबार बिहान ८ बजे सिन्धुलीबाट बर्दिबास तर्फ आउँदै गरेको गरेको प्रदेश १–०२–००२ च ५२६३ नम्बरको पिकअपले विपरित दिशाबाट आउँदै गरेको बा ५२ प ५१३० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक राईको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदिप सुवेदीका अनुसार दुर्घटनामा मृत्यु भएका राईको शवलाई पोष्टमार्टमका लागि जनकपुरस्थित प्रादेशिक अस्पतालमा पठाइएको छ । ठक्कर दिने पिकअप र त्यसका चाकल सुनसरीको बराह नगरपालिका–७ बस्ने २४ वर्षीय मनिष खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

२०७८ चैत्र २२, मंगलवार १५:१७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय