काठमाडौं : नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ। छापावाल सुनको मूल्य प्रतितोला ५ सयले बढेर ९९ हजार तोकिएको छ। पहेँलो धातु अघिल्लो दिन बुधबार प्रतितोला ३ सय रुपैयाँले घटेर ९८ हजार ५०० मा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ९९ हजार र तेजाबी सुनको मूल्य ९८ हजार ५०० रुपैयाँ कायम गरिएको छ। बुधबार तेजावी सुनको मूल्य ९८ हजार तोकिएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि वृद्धि भएको छ। चाँदी तोलामा १० रुपैयाँले बढेर १३ सय ४५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ। बुधबार चाँदी तोलाको १३ सय ३५ रुपैयाँमा खरिद बिक्री भएको थियो।

२०७८ चैत्र २४, बिहीबार ११:५३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय