गोविन्द महतो / जनकपुरधाम

नेपाली काँग्रेसकाबाट बिद्रोह गरी जनकपुरधाम उप–महानगरपालिकामा वागी उम्मेदवार बनेका मनोज साहले आफ्नो पाँच वर्षे कार्यकालको घोषणापत्र सार्वजनिक गरेको छ । सत्तागठबन्धनको भागमा जनकपुरधाम उप–महानगरपालिका जनता समाजवादी पार्टीका निवर्तमान मेयर लालकिशोर साहको भागमा परेपछि उनी स्वतन्त्र उम्मेदवार बनेका साहले आफ्नो घोषणापत्र सार्वजनिक गरेको हो ।

स्वतन्त्र उम्मेदवारी दिएका साहले आफ्नो घोषणापत्रमा फोहर व्यवस्थापनका लागि ल्याण्डफिल साईट निर्माण गरी उर्जा तथा कम्पोष्ट मल तयार गरी कृषि कार्यमा प्रोत्साहनको नीति लिईने जनाएको छ । उनले प्रत्येक वडामा सुरक्षित फोहर संकलन केन्द्र तथा नीजि क्षेत्रको सहभागितामा फोहर ल्याण्डफिल साईट सम्म पु¥याउने योजना अघि सारेको छ । घोषणापत्रमा भनिएको छ, ‘जनकपुरको सडकपेटी पर्यटन मैत्री बनाउँदै धार्मिक तथा सांस्कृतिक सम्पदाको मरम्त सम्भार तथा सौन्दर्यीकरणमा ध्यान दिईनेछ । त्यस्तै ऐतिहासिक स्थल बाह्रविघा रङ्गभुमी मैदानलाई सफा, स्वच्छ, सुन्दर र हराभरा बनाईनेछ ।’ जनकपुरलाई सुरक्षाको दृष्टिकोणले सिसिटिभी जडान र फ्रि वाईफाईको व्यवस्था गरिने भएको जनाएको छ ।

जनकपुरको रिङ्गरोड बनाउने तथा जनगुनासो डेस्क सञ्चालन गर्नुको साथै सूचनाको हकलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने र पत्रकार मैत्री डेस्क सञ्चालन गर्ने घोषणापत्रमा उल्लेख छ । ‘ग्रामीण वडाहरुमा मलखाद, बीउँ बिजन, सिंचाईसेवा, कृषि उपज बजार व्यवस्थापन तथा फलफुलमण्डीको व्यवस्थापन गर्नेछ । अतिविपन्न नागरिकको हकमा आवासबाट बञ्चित रहेका व्यक्ति, परिवारलाई घर बनाई हस्तान्तरण गर्ने भएको छ ।’ घोषणापत्रमा सिपमुलक तालिमका साथै साना तथा मझौला उद्योग स्थापनामा ऋण अनुदानको व्यवस्थापन गरिने जनाएको छ ।

स्वतन्त्र उम्मेदवार साहले २५ वडामा सडक सञ्जाल र परिवहन सेवाका साथै अत्याधुनिक बस स्टेण्ड समेत निर्माण गरिने भएको जानकारी दिए । उनले भने, ‘जनकपुरमा अहिले अस्थस्थ्यकर बद्यशालालाई व्यवस्थित गरिनेछ साथै तरकारी बजारलाई समेत फुटपाथबाट हटाएर निश्चित ठाउँमा व्यवस्थित गर्ने योजना छ ।’


२०७९ बैशाख २१, बुधबार १८:३७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय