दोलखा : दोलखाको भीमेश्वर केन्द्रबिन्दु भएर भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ६ः०२ बजे भूकम्प गएको हो। दोलखाको भीमेश्वर नगरपालिका आसपास केन्द्रबिन्दु भएर ३.७ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ।
यो भूकम्प गोरखा भूकम्पको परकम्प भएको केन्द्रले जनाएको छ। भूकम्पबाट क्षति भएको विवरण नआएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।


