गोविन्द महतो / जनकपुरधाम

अहिले नेपाल र भारत दुई मुलुक छुट्टिने चिनारी विग्ही नदी हो तर यति बेला चुनावी चहल–पहलले छुटिन्छ । नेपाल तर्फ चुनाव चिन्ह सहितको झण्डा, उम्मेदवारहरुको घरदैलो, मतदाताको छलफलले नेपाली र भारतीय बस्ती छुटिन्छन् । महोत्तरी–धनुषा र भारतीय सिमानासंग मुखियापट्टी मुसहरनिमा दशगजासंग जोडिएको गाउँ हो । यहाँ स्थानिय निकायको चुनावी चहल–पहलले नेपाल र भारत छुटिन्छन् ।

भर्खरै कामबाट फर्किएका स्थानिय दिउँसोको प्रचण्ड गर्मीमा प्राथमिक विद्यालयसंगै आँपको बगैचामा चुनावी छलफल गर्दै गरेको भेटियो । सरकारलाई बुझाएको मालपोत अनुसार सुविधा समेत पाउन नसकेका मतदाता सरकारले उपलब्ध गराएको न्युनतम सुविधा समेत गाँउमा सहज तरिकाले पाउन नसकेको गुनासो गरे । वर्षेनि डुवानको जोखिम खेप्दै आएको मुखियापट्टी मुसरनिया सिमामा प्रचार प्रसारले डुवानको पिडा स्थानिय बिर्सिदै छ । प्रचार–प्रसार गर्न आउने उम्मेदवारले गाउँको लागि सोच्ने डुवान पिडितमा आश छ ।

डुवानको कारण फाँट खाली हुँदा चिन्तामा परेका किसान चुनवामा जित्ने नेतृत्वले गाउँको समस्या समधान गर्ने आशमा छन् । तर वर्षेनी अविरल वर्षासंगै आउने बाढीको पानीले रोपेको धान डुवानमा परेपछि हरेक वर्ष यहाँका किसानको धान नष्ट हुने गर्छ । मुखियापट्टीका ९ का ५२ वर्षीय ठकाइ यादव डुवानका कारण रोपेको धान र छरेको खाद्यको मूल्य समेत उठाउन नसकेकोले मल, खाद्य तथा बीउँबिजन उपलब्ध गराउनेलाई मत दिने उनेको भनाई छ ।

‘बाढी र डुवानले बनाएको घाउको पिडा जिवितै छ । फाटेको मन र घाउँमा मलहम लागेको छैन । केन्द्र सरकार देखि नजिकको स्थानीय सरकार सम्मले मलहम लागउन सकेन । धान बालिमा क्षति भएका किसानलाई सहुलियतमा ऋण उपलब्ध गराएर मलहम लागउने नेता चाहिएको छ । क्षति भएको किसानका लागि सहुलियतमा ऋण उपलब्ध गराउनेलाई मत दिन्छौ’ उनले भने ।

मुसरनियाकै २५ वर्षीय कुलदिप कुमार यादव ठकाइको मतमा सहमति जनाउर्द नुन देखि सुन सम्म भारतबाट ल्याउछौ । ‘नेपालको भुमिमा बस्दा नागरिकता र लालपुर्जा बाहेक नेपालबाट केहि पाएको छैनौं ।’ कुलदिपले भने, ‘मुसरनियामा गरिबी छैन, तर डुवानले धनिलाई समेत गरिबीको रेखामुनि बाच्नु परेको छ । सरकारको सेवा सुविधान जसले दिलाउँछ, हाम्रो मत उसैलाई जान्छ ।’

चुनाव जित्न पहिला मुसहरनियबासीको मन जित्नुपर्ने स्थानिय ५० वर्षीय रामदेव यादव बताउँछन् । १ सय ८० बढी परिवारको बस्तीमा जग्गा नहुने बिरलै भेटिन्छन् । यादवले भने, ‘आफनो जग्गा नहुनेले पनि २÷४ बिग्हा ठेक्का लिएर खेति गरिरहेका छन् । बाढीले बगाएपछि बस्ती नै समस्यामा छन् । चुनाव जित्ने नेतामाथि आश छ ।’
मुसहरनियाँवासी सरकारी सुविधाबाट बञ्चित छन् । शिक्षा, स्वास्थ्य, कृषि अनुदान, पशुपालन तथा सुरक्षा पाउन नसकेको स्थानिय श्याम यादव बताउँछन् । प्राथमिक विद्यालय छन, तर पढाइ हुदैन यादवले भने, ‘सरकारी सिटामोल पाउन सकेको छैन । टाउको दुख्दा उपचार र औषधिका लागि भारतको क्लिनिकमा जानुपर्ने बाध्यता छ ।’ सुरक्षित प्रसुती सेवाबाट बञ्चित छन् । प्रसुतीका लागि अस्पताल नहुँदा भारतमा महँगो उपचार गर्दा पनि ज्यान जोखिममा रहेको स्थानिय नरथ यादव बताउछन् ।

अस्पतालमा पहुँच नहुँदा भोला यादवकी २२ वर्षीया बुहारी जानकी देवीलाई ज्यान जेनतेन जोगियो । नातीको मृत्यु भयो । गाउँमा अस्पताल र एम्बुलेन्स व्यवस्था गराउने नेतालाई नै जिताउने मुडमा यादव छन् । जनकपुर उप–महानगरपलिका २३ लादोका ६० वर्षीय उपेन्द्र ठाकुर पिध नभएका भाडो जस्तै नेताहरुको आचरण भएको बताए । ठाकुरले भने,‘मत माग्ने बेलमा सबैले विकास गर्छु भन्छन, तर मत पाएपछि कोहि फर्केर आउदैनन् ।’ यसपालीको चुनावमा नयाँ व्यक्तिलाई मत दिने ठाकुरको भनाइ छ ।
जनताको सेवा र सुविधा नेताले खोसेको स्थानिय श्याम महतो बताउछन् । उपभोक्त समिति बनाएर सरकारको बजेट लुटनेहरु नै भोट माग्न आएको महतोले टिप्पणी गरे । सडक, ढल, शिक्षा, स्वास्थ्य र बिजुलीको बजेट कर्मचारीसंग बाँडेर खाने नेताहरु नै भोट माग्न आउँदा मतदाता कसलाई गर्ने मत दिने भन्नेमा अन्यौलमा महतो परेका छन् । गाउँको प्राथमिक विद्यालय सुधार्न नसक्ने नेता नगर के गरी चलाउन सक्ला महतोले प्रश्न गरे ।

जनकपुर पिडारीका ३४ वर्षीय रामवरण पासवान रोजगारी दिनेलाई मतदान दिने बताउँदै भने,‘म जस्तो गरिवलाई दैनिक खान बस्न काम गर्नुपर्छ । काम गर्ने अवसर दिनेलाई नै मत दिन्छु ।’


२०७९ बैशाख २८, बुधबार १४:२५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय