
(तिन्कोरिया) धनुषा : विदेह नगरपालिका वडा नं. १ र २ मा एमाले विजयी भएको छ ।
वडा नं. १ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट संजय पाण्डेय ७ मतले विजयी भएको छ । निर्वाचन कार्यालय विदेहका प्रमुख अर्जुन भण्डारी अनुसार विजयी पाण्डेले ३७२ मत प्राप्त गरेका छन् । उनको निकट प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)बाट विन्देश्वर ठाकुरले ३६५ मत प्राप्त गरेका छन् ।
त्यस्तै, वडा नं. २ (एमाले)बाटै राम पुकार सहनी १८९ मतले विजयी भएको छ। विजयी सहनीले ३८४ मत प्राप्त गरेका छन् । उनको प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)बाट भद्रकान्त झाले १९५ मत प्राप्त गरेका छन् ।
अहिले विदेह नगरपालिकामा वडा नं १ र २ को मतगणना सम्पन्न भएको छ ।