
अनिल कुमार साह / तिनकौरिया (धनुषा)
धनुषाको विदेह नगरपालिकामा नेपाल कम्युनिष्ठ पार्टी एमालेका उम्मेदवार विजयी भएको छ । नेकपा एमालेबाट मेयर पदका उम्मेदवार बेचन दास र उपमेयरमा आशा देवी झा निर्वाचित भएकी हुन् ।
एमालेका दासले ४ हजार ४ सय १२ मत ल्याए विजयी भएका हुन् भने उनका निकटत्तम प्रतिद्वन्दी नेकपा कम्युनिष्ठ पार्टी (एकिकृत समाजवादी)का राजकिशोर यादव (रोहिता)ले ३ हजार ४ सय २६ मतमा सिमित भए ।
यसैगरी एमालेबाट आशादेवी झाले ४ हजार ६ सय ५९ मत प्राप्त गरेर विजयी भएकी छिन् । उनका निकटत्तम प्रतिद्वन्दी सञ्जना अधिकारीले २ हजार ८ सय २७ मतमै सिमिति हन पुगिन् ।
यसअघि २०७४ सालको स्थानीय निर्वाचनमा दास नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट निर्वाचित भएका थिए । एमाले र माओवादीको एकतासंगे बनेको नेकपाबाट दुई पार्टी अलग हुँदा दासले एमाले रोजेका थिए ।
जितसंगै एकिकृत समाजवादीका राजकिशोर यादव (रोहिता) र सञ्जना अधिकारीले एमालेका बेचन दास र आशादेवी झालाई फूलमाला लगाएर बधाई तथा शुभकामना ज्ञापन गरेका थिए ।