renu dahal_nepalvani21

चितवन : भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) की उम्मेदवार रेणु दाहालले १२ हजार १४० मतको अग्रता कायम गरेकी छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आज बिहानसम्मको गणनामा दाहालले ५१ हजार ११२ मत पाएकी छन्। उनका प्रतिस्पर्धी नेकपा (एमाले) का विजय सुवेदीले ३८ हजार ९७२ मत पाएका छन्।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल तेस्रो स्थानमा छन्। उनले १४ हजार ७०५ मत पाएका छन्।

उपमेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले पनि मतान्तर बढाएका छन्। उनले ५१ हजार ९०३ मत पाएका छन्। प्रतिस्पर्धी राप्रपाकी उम्मेदवार हिमला गुरूङले ३० हजार ३२६ मत पाएकी छन्।

२०७९ जेष्ठ १०, मंगलवार ०६:००मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय