काठमाडौं : सरकारले पशु कल्याण सम्बन्धी छुट्टै ऐन बनाउने तयारी गरेको छ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्री महेन्द्र राय यादवका अनुसार सरकारले संघीय संसदको चालु अधिवेशनबाटै पारित गर्ने गरी पशु कल्याण सम्बन्धी छुट्टै ऐन बनाउन लागेको हो ।

काठमाडौंमा आयोजित ‘नेपालमा पशु कल्याणको वर्तमान अवस्था र आगामी कार्यदिशा’ नामक गोष्ठीमा मन्त्री यादवले यस्तो बताएका हुन् ।

‘वर्तमान संसदबाट नै पारित हुने गरी पशु कल्याण ऐन बनाउन लागिएको छ । मस्यौदा तयार भएर संसदमा पेश गर्नुअघिको छलफलको चरणमा छ’ मन्त्री यादवले भने ।


२०७९ जेष्ठ ११, बुधबार १८:३५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय