सर्लाही : चन्द्रनगर गाउँपालिकामा आर्थिक कायापलट गर्ने नविनतम निती तथा कार्यक्रम सर्वसम्मतीले पारित गर्दै चन्द्रनगर गाउँपालिकाको नवनिर्वाचित जनप्रतिनिधीको पहिलो गाउँ सभा र क्रमानुसार ११ औं गाउँ सभा आज अषाढ १० गते सम्पन्न भयो ।

गाउँ सभामा गाउँपालिकाको उपाध्यक्ष गिता देवी महतोले निति, योजना तथा कार्यक्रम प्रस्तुत गरेका थिए । गाउँ सभामा शिक्षा, स्वास्थ्य, रोजगारी, न्याय, कृषि, अव्यवस्सिथत वसोवासि भुमिहिन दलित,भुमिहिन सुकुम्वासीको जग्गा सम्वन्धी समस्याको समाधान, जनता आवास कार्यक्रम सहित चन्द्रनगर गाउँपालिकाको आर्थिक कायापल्ट गर्ने नाढीताल, कुलदेवताधाम, सोहजन खेती जस्ता निती तथा कार्यक्रम ल्याएका छन् ।

नाढीमन ताललाई ऐतिहासिक, सांस्कृतिक, पुरातत्व, जलाधार, सिचाई, सम्पदा, धार्मिक दृष्टिकोणले मौलिक शैलीमा विकास र भौतिक क्षेत्र बिस्तार गरी यसको सौन्दर्यीकरण गरिनेछ ।

नाढीमन ताल सित जोडिएका तालतलैया, नदि खोला, बास स्थान, कार्यालय, मन्दिर र बजार सहित समग्र नाढीमन तालको उल्लेखनिय विकास गरी नेपाल भारत लगायत विश्व भरीका सम्पूर्ण समुदाय, धर्म र वर्गको कुल देवताको विशिष्ट प्रतिमा सहितको मन्दिर लगायतको आवश्यक संरचना लगभग २० विगहा क्षेत्रफलमा निर्माण गरी चन्द्रनगर गाँउपालिकामा विश्वमा कहि पनि नभएको नविनतम पर्यटकीय स्थल निर्माण गरिनेछ । यसले चन्द्रनगर गाँउपालिकाका नागरिकको रोजगारी र व्यवसायमा उल्लेख्य अभिवृद्धि गरी आर्थिक उन्नती र जीवन स्तर उकासनमा योगदान पुरयाउनेछ । साथै उक्त कुल देवता धामले सामाजिक तथा धार्मिक सदभाव बढाउन र एकताको सन्देश दिने गौरवको स्थलको रुपमा स्थापित समेत हुनेछ । यसले हाम्रो समाजको सांस्कृतिक धरोहरको युग युगान्तर सम्म संरक्षण र प्रवर्दन समेत गर्नेछ ।

सोहजनबाट तयार गरिने स्वास्थ्य, पोषण, सौन्दर्य, बायोफ्यूल, खाध सामाग्री जस्ता प्रोडक्ट उत्पादनको लागि उधोग स्थापनाको लागि सम्भाव्यता अध्य्यन, डिपिआर, बजार खोजी र गूरु योजना तयार गरी उधोगको शिलन्यास समेत गरिने कुरा अध्यक्ष राज कुमार महतोले बताए ।

सर्वपक्षीय रुपमा लिएका सल्लाह सुझाव तथा जनताका विच जाहेर गरेका प्रतिवद्धता तथा सवै विकास र जनजिविका सवालहरुलाई यथोचित विकास गदै चन्द्रनगर गाउँपालिकालाई समृद्धि र सम्मुनत रुपमा रुपान्तरण गरि सुविधा युक्त पर्यटकिय गाउँपालिकाको रुपमा विकास गर्न प्रतिवद्धता सहित पहिलो पटक यसरी निति तथा कार्यक्रम बनाएको जनप्रतिनिधिहरुले भनेका थिए ।

२०७९ असार १०, शुक्रबार २०:१८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय