जनकपुरधाम : जनकनन्दनी गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि कूल ४७ करोठ भन्दा बढी बजेट अनुमान गरेको छ ।

धनुषाको जनकनन्दनी गाउँपालिकाको गाउँसभाबाट शुक्रबार ८ औं गाउँसभाबाट कूल ४७ करोड बढी बजेट अनुमान गरिएको हो ।
शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखी भौतिक पूर्वाधार निर्माणको अवधारणालाई मुख्य मुद्दाको रुपमा बजेट अघि अगाडी सारिएको हो । गाउँपालिकाका अध्यक्ष दिपिन देव यादवको सभापतित्व तथा उपाध्यक्ष कमला सहगलको विशेष आतिथ्यमा आर्थिक बर्ष २०७९/०८० को बजेट सार्वजनिकीकरण गरिएको हो ।

आर्थिक वर्ष २०७९/०८० को लागि कुल ४७ करोड २९ लाख ९६ हजार अनुमानित बजेट सार्वजनिकीक गरिएको हो । जनकनन्दिनी गाउँपालिका ४ स्थित रहेको स्वास्थ्य चौकीको सभाहलमा सर्वपक्षीय, सर्वदलीय व्यक्तिहरुको उपस्थितिमा बजेट प्रस्तुत गरिएको हो ।

जसमा संघीय सरकारबाट प्राप्त वित्तिय समानीकरण अन्दानको रकम रु. १० करोड ६३ लाख तथा संधीय सरकारबाट प्राप्त सशर्त अनुदान १३ करोड़ ६७ लाख, संघबाट प्राप्त अनुमानित राजश्व वाडफॉड रकम रु, ७ करोड ४३ लाख २९ हजार, संघीय सरकारवाट प्राप्त विषेश अन्दान २५ लाख संधीय सरकारबाट प्रापत सम्पुरक अनुदान १ करोड ६० लाख् मात्र समावेश गरिन्का साथै मधेश प्रदेश सरकारबाट प्राप्त वित्तय समानिकरण अनुदानको रकम् रु, ७४ लाख ६७ हजार एवं प्रदश सरकारबाट प्राप्तु सवारी साधन र बाडफोड रकम रु. २२ लाख, प्रदेश’ सरकारवाट प्राप्त विशेष अनुदान रकम रु. ३० लाख एवं प्रदेश सरकारबाट प्राप्त समपुरक अनुदान रकम रु. २० लाख र आन्तरिक श्रोत तरफ अंन्मानित रकम रु. १२ करोड २५ लाख गरि आ.व. २०७९/८0 को अनुमानित बार्षिक वजेट रकम रु. ४७ करोड २९ लाखे ९६ हजार मात्र अनुमान गरिएको छ ।

जनकनन्दिनी गाउँपालिका २ का वडाध्यक्ष अब्दुल मालिक अतिथिहरुलाई स्वागत गरेका थिए । सो क्रममा गाउँपालिकाकी उपाध्यक्ष कमला सहगलले चालु आर्थिक वर्षको लागि बजेट तथा नीति कार्यक्रम प्रस्तुत गरेकी थिइन् । गाउँपालिका अध्यक्ष दिपिन देव यादव नेता बनेर होइन, जनताको सेवक बनेर सेवा गर्नको लागि आएको उनले बताए । जनताको आवश्यकता र समस्या बुझ्दै जनकनन्दिनी गाउँपालिकाका सम्पुणर् जनप्रतिनिधिहरु पार्टी भन्दामाथी उठेर गाउँपालिकालाई तीन वर्ष भित्रै गाउँपालिकाको प्रत्येक वडामा चार पाङ्ग्रे, कार गुड्ने बाटोको निर्माण गरेर देखाउने दाबी गरे ।

janak_nandani_gaupailika_nepalvani12

२०७९ असार १०, शुक्रबार २१:१४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय