काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ।

बिहीबार बसेको केन्द्रीय समिति बैठकले उक्त प्रतिवेदन प्रस्ताव पारित गरेको हो। बैठकको पहिलो दिन गत सोमबारको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले सो पेस गरेकाथिए।

बैठकको पहिलो दिन प्रदेश अध्यक्ष र दोस्रो दिन केन्द्रीय सदस्यहरूले प्रतिवेदनमाथि विभन्न प्रश्न उठाएका थिए। आजको बैठकमा प्रचण्डले उठेका प्रश्नहरूको जवाफ दिएका थिए। उनले जवाफ दिएलगत्तै सो प्रतिवेदन सर्वसम्मतिले पारित भएको हो।


२०७९ असार २३, बिहीबार १५:०६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय