
काठमाडौं। सरकारले शुक्रबार संसदबाट नागरिकता ऐनको संशोधन विधेयक पारित गरेको छ ।
लामो समयको कसरतपछि गत शुक्रबार नागरिकता विधेयक पारित भएको हो । । सदबाट विधेयक पारित हुने वित्तिकै महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले आफ्नो पार्टी कार्यालयमा त्यसको खुसियालीमा दीपावली नै गर्यो ।
आफूहरुको पहलका कारण संसदबाट नागरिकता संशोधन विधेयक पास भएको भन्दै लोसपाले दीपावली मनाएको हो । लोसपा कार्यकारिणी सदस्य केशव झाले लोसपा नेपालको विषेश पहलमा नागरिकता विधेयक पारित भएको बताए ।
‘लोसपाले पटक–पटक नागरिकताको विधेयकको विषयमा कुरा उठाउँदै आएको हो, यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा अध्यादेशमार्फत पनि नागरिकताको समस्या समाधान गर्ने प्रयास लोसपा (त्यतिबेला जसपामा महन्थ ठाकुरको समूह) ले ने गरेको हो’ उनले भने, ‘यसका लागि पटक पटक प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने देखि लिएर विभिन्न संघर्षका कार्यक्रमहरु गर्दै आएको सबैलाई थाहा छ ।’