महोत्तरी : नेकपा माओवादीकेन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजलाई सुसंस्कृत बनाउँदै रुपान्तरण गर्ने आधार शिक्षा नै भएको बताउनु भएको छ ।
आज सोमबार महोत्तरीको बर्दिबास-११ सुन्दरबस्तीस्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयको मित्रराष्ट्र दक्षिण कोरियाको सहयोगमा निर्माण हुने अत्याधुनिक शिक्षालय भवनको शिलान्यास गर्दै अध्यक्ष प्रचण्डले संसारभरिकै इतिहासमा विकास समृद्धिको पहिलो सिंढी शिक्षा नै रहेको उल्लेख गर्नुभयो ।
“विकास र समृद्धिका लागि शिक्षा जिवनोपयोगी र समुन्नत सभ्यताको अग्रगतिसँग जोडिन पर्छ” पूर्वप्रधानमन्त्री रही सक्नुभएका प्रचण्डले भन्नुभयो, “हाम्रो (मुलुकको) सन्दर्भमा प्राविधिक शिक्षाले यो आवश्यकता पूर्ति गर्नसक्छ ।” मुलुकको वामप्रजातान्त्रिक आन्दोलनका अथक योद्धा निर्मल लामाको नामसँग जोडिएको शिक्षालयले यो आवश्यकता पूर्तिमा योगदान दिने आपूmले विश्वास लिएको प्रचण्डको भनाइ छ ।
निर्वाचनको मुख भएपनि सम्वोधनमा राजनीतिक सन्दर्भ नकोट्याउनु भएका प्रचण्डले अबको शिक्षा सैन्दान्तिक र अमूर्तभन्दा प्राविधिक सीप र व्यावसायिक हुनपर्ने औंल्याउनुभयोेेेेेेेेे । अबको शिक्षा सीपसँग, सीप श्रमसँग, श्रम उत्पादनसँग र उत्पादन मुलुकको समृद्धिसँग जोडिने हुनपर्ने प्रचण्डको भनाइ थियो ।
शिलान्यास समारोहमा शिक्षा ,विज्ञान तथा प्रविधि मन्त्री तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदका अध्यक्ष देवेन्द्र पौडेलले निर्मल लामा बहु प्राविधिक शिक्षालय मुलुककै प्राविधिक शिक्षाको मुख्य केन्द्रको रुपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । कार्यक्रममा महोत्तरी-१ ‘क’ का प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री गिरिराजमणि पोखरेल, मधेश प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साह र कोरयिन दातृनिकाय ‘कोयटा’ का नेपाल निर्देशक सो हुको र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदका सदस्य सचिब दीपनारायण काफ्लेले शिक्षालयको विकासका लागि निरन्तर सहयोग रहने प्रतिबद्धता जनाउनुभयो ।
विक्रम सम्वत् २०७५ साल साउन २८ गते स्थापित शिक्षालयको नयाँ भवन एक अरब पाँच करोडको लागतमा निर्माण हुने समारोहमा जानकारी दिइएको छ । नयाँ बन्ने भवन दुइवटा हुनेछन् । अत्याधुनिक प्रयोगशाला, कक्षा कोठासहितको नयाँ भवनले शिक्षालयलाई भौतिक रुपमा समृद्ध बनाउने शिक्षालय प्रमुख रमणकुमार मेहताले विश्वास व्यक्त गर्नुभयो । शिलान्यास समारोह बर्दिबास नगरपालिकाका प्रमुख प्रल्हादकुमार क्षत्रीको अध्यक्षतामा सम्पन्न भएको हो ।
शिक्षालयमा हाल हिमाली, पाहाडि र मधेशसहितका तराईका समेत् २८ जिल्लाका ८०० विद्यार्थी प्राविधिक धारका सात विषयमा अध्ययन गर्दैछन् । जसमा होटल म्यानेजमेन्ट, फुड एण्ड डेरी टेक्नोलोजी, सिभिल इञ्जिनियरिङ्ग, जियोमेट्रिक इञ्जिनियरिङ्ग (सर्वे नापी) , फरेष्ट्री, फार्मेसी र रेडियोग्राफीसहितका विषय छन् । शिक्षालयले हालै दुई वर्षे अवधिको पी डिप्लोमा इन होटल मेनेजमेन्ट र १८ महिने पी सिभिल इञ्जिनियरिङ्ग विषयको अभ्यास पनि गराउन थालेको मेहताले जानकारी दिनुभयो ।
शिक्षालयका यसअघि ६४ कोठाका दुई भवन निर्माण सम्पन्न भई प्रयोगमा आई सकेका छन् । समारोहमै शिक्षालय प्रमुख मेहताले शिक्षालयको मुख्य नारा नै ‘सिक, कमाउ र तिर’ भएको उल्लेख गर्नुभयो । प्राविधिक धारको पछिल्लो नतिजा प्रकाशनमा आफ्नो शिक्षालयका जियोमेट्रिक इञ्जिनियरिङ्ग विषयका विद्यार्थीले मुलुकभित्रकै उत्कृष्ट नतिजा ल्याएका मेहताले खुशी व्यक्त गर्नुभयो । शिक्षालयले हालसम्म सिभिल इञ्जिनियरिङ्ग र जियोमेट्रिक इञ्जिनियरिङ्ग विषयको एक/एक समूह (ब्याच) पासआउट गराई सकेकोेेेेेेेे छ ।