
नेपालवाणी / जनकपुरधाम
नेकपा एमाले मधेश प्रदेशका प्रमुख सचेतक किशोरी साह (कमल) एमालेले उम्मेदवार नबनाएपछि जनमत पार्टीबाट उम्मेदवार बनेका छन् ।
लामो समयदेखि एमालेको राजनीति गरेका साह एमालेका भागबण्डामा टिकट नपरेपछि उनी सिके राउत नेतृत्वको जनमत पार्टीबाट क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार भएका हुन् ।
पाँच दशक काम गरेको पार्टी प्रदेशसभामा सचेतक हुँदा पनि विश्वास गरेन । साहले भने, ‘अन्यायमा परेपछि बैकल्पिक बाटोबाट जनतामा जान खाजेको हुँ । जनताको माया र स्नेहले क्षेत्रमा नयाँ आयामको बाटो लम्किनेछ छ । क्षेत्र नं. १ को जनता धेरै सचेत र शिक्षित रहेको बताउदै उनले जनताको भावना अनुसार जनताको अदालतमा जान लागेको हुँ ।’
धनुषा क्षेत्र नं. १ क बाट प्रत्यक्ष निर्वाचित सांसद साह एमालेबाट प्रतिनिधिसभामा टिकट पाउने आशमा थिए तर प्रदेशसभामा पनि अन्तिम समयमा टिकट काटिएको हो ।