नेपालवाणी / महोत्तरी

महोत्तरीको क्षेत्र नं. १ बाट नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणी पोखरेलले प्रतिनिधिसभाका लागि मनोनयन दर्ता गरेका छन् । पूर्व विज्ञान प्रविधि तथा शिक्षा मन्त्री समेत रहेका पोखरेल महोत्तरी—१ बाट उम्मेदवारी दर्ता गराएका हुन् ।

आईतवार दिउँसो दलबल सहित बर्दिवास स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले ५ दलीय सत्ता गठबन्धनबाट महोत्तरी—१ का लागि प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गराएका हुन् । एमाले जसपा गठबन्धनबाट लक्ष्मी महतोले प्रतिनिधिसभा सदस्यका लागि निर्वाचनमा भिड्दै छ । यस अघि पनि दुवै जना बीच प्रतिस्पर्धा भएको थियो ।

पोखरेल यसअघि तीन पटक महोत्तरी–१ बाट निर्वाचित भईसकेका छन् । संविधानसभाको निर्वाचन २०६४, २०७० र प्रतिनिधसभा निर्वाचन २०७४ गरी तीन पटक महोत्तरी–१ बाटै निर्वाचित भईसकेका छन् । ०७४ को प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित पोखरेल २३ हजार ७ सय ७६ मत प्राप्त गरेका थिए ।

गठबन्धनबाट माओवादी केन्द्रका महोत्तरी १ (ख) मा भरत प्रसाद साह र (क) बाट लोसपाका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

२०७९ आश्विन २३, आईतवार १७:४१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय