
महोत्तरी : मधेस प्रदेशकी प्रदेशसभा सदस्य शारदादेवी थापाले प्रदेशसभा सदस्यका लागि मनोनयन दर्ता गराएकी छिन् ।
उनले महोत्तरी क्षेत्र नम्बर १(क)का लागि नेकपा एमालेबाट उम्मेदवारी दिएकी हुन् ।
आईतवार बर्दिवासस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले एमाले–जसपा गठबन्धनबाट उम्मेदवारी दर्ता गराएकी छन् ।
थापा यसअघि २०७४ को निर्वाचनमा पनि महोत्तरी क्षेत्र नम्बर १(क) बाटै प्रदेशसभा सदस्यमा निर्वाचित भएकी थिईन् ।