काठमाडौं : आज यमपञ्चक अर्थात तिहारको मुख्य दिन भाइटीका। सोही अवसरमा आज काठमाडौँको रानीपोखरीका बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुला गरिएको छ।

वर्षमा एकपटक आजैका दिन (भाइटीकामा) बालगोपालेश्वर मन्दिर खुल्ने गर्छ। दिदीबहिनी एवं दाजुभाइ नहुनेहरु भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्छन्।

आज पनि बालगोपालेश्वर मन्दिरमा दिदीबहिनी एवं दाजुभाइ नहुनेहरुको ठुलो भिड लागेको थियो। टीका लगाइदिएपछि दिदीबहिनीहरूले भाइबहिनीलाई मखमलीको माला लगाई मिष्ठान्न भोजन खुवाएर आदरभाव प्रस्तुत गरे। दाजुभाइहरुले पनि दिदीबहिनीलाई दक्षिणा तथा स्नेहोपहार प्रदान गरे।

Bhai_Tika_tihar_kathmandu_temple_nepalvani (2)

 

२०७९ कार्तिक १०, बिहीबार १४:०९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय