काठमाडौं : प्रतिनिधि सभा र प्रदेश सभाको मँसिर ४ गते हुने निर्वाचनको माहौल गोरखामा ह्वात्तै बढेको छ । बजारका चोक, गल्ली, गाउँघरका चौतारा, चियापसलमा जताजतै राजनैतिक परिचर्चा हुने गरेको हो ।

मानिसहरुले प्रचण्ड गोरखा आउनुको कारणबारे जिज्ञासा खोजिरहेका छन् । २२ वर्षको कलकलाउँदो उमेरमा गोरखा आएर शिक्षण गरेका र निल परेको विद्यालयलाइ प्रथम श्रेणी सहितको उत्कृष्ट विद्यालय निर्माण गरेका प्रचण्डले गोरखामा नै बसेर राजनैतिक यात्रा तय गरेका थिए ।

पञ्चायत विरोधी आन्दोलन गोरखा बसेर नै गरे । जनक्रान्ति र गणतन्त्रको सुरुवात गोरखामा नै हेडक्ववाटर खडा गरेर गरेको उनले सार्वजनिक कार्यक्रममा बताउँदै आएका छन् ।

प्रचण्ड सँधै राजनीतिमा सक्रिय रहँदै नेपालमा फरक फरक नीति तथा सिद्धान्तको प्रयोग समेत गर्दै आएका छन् । उनले यसपटक गोरखाबाट आर्थिक समृद्धिको यात्रा तय गर्ने बताएका छन् । हाल सम्म गोरखाका १०४ वटा सभामा सम्बोधन गरिसकेका प्रचण्डले पटक पटक एउटै कुरा दोहोर्याएका छन् । कानुनी हिसावले उनी गोरखा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार हुन् । उनले आफूलाइ एउटा निर्वाचन क्षेत्रका भन्दा पनि गोरखाको उम्मेदवार भनिरहेका छन् ।

नेपाललाइ लगानीको गन्तव्य बनाउने र सबैलाइ यही भविष्य निर्माण गर्नका लागि वातावरण बनाउन प्रचण्ड लागि परेको देखिन्छ । स्पष्ट स्वभावका प्रचण्डको कुनै जालझेल, षड्यन्त्र र अस्प्षटता देखिदैन ।

विहान ६ बजेदेखि राती १० बजेसम्म उनले जनताहरुसँगको भेटघाट, सभा, सम्मेलन, विकास निर्माणका छलफलमा सहभागि छन् । उनले गोरखामा विद्यार्थी, युवाहरु, शिक्षक, विभिन्न जनवर्गिय र जातिय सँघ, सँगठनहरु, व्यावसायि, उद्योग वाणिज्य सँघका व्यावसायी, सहिद वेपत्ता परिवार सबैसँग भेटघाट गरेका छन् । जान नभ्याएका कतिपय स्थानमा निर्वाचन पछि अवश्य आउने वचन उनले दिएका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डसँगै गोरखामा विकास भित्रिने गोरखाली नागरिकहरुमा अपेक्षा छ । समाजवादको यात्रामा रहेका प्रचण्ड यस अघि रोल्पा, काठमाण्डौ, सिराहा, चितवनबाट निर्वाचन लडेका थिए । जतिवटा निर्वाचन भयो उनले त्यतिनै पटक फरक स्थानबाट चुनावमा भाग लिँदै र विजयी हुँदै आएका छन् । देश निर्माणको सपना बोकेर अगाडी बढेका प्रचण्ड विकासमा नेपालको मौलिक मोडल तय गर्न विभिन्न भूगोलमा जाने गरेका उनलाइ नजिकबाट चिन्नेहरु बताउँछन् ।

प्रचण्डलाइ रेकर्ड राख्ने गरी मत दिएर विजयी गराउन नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवँ गोरखा क्षेत्र नम्बर दुइ ९ख० का उम्मदवार सुरेन्द्रराज पाण्डे बताउँछन् ।

प्रचण्डले सार्वजनिक कार्यक्रममा र अघिपछि पनि भनेका छन्, राणा शासन, पञ्चायती व्यवस्था हटाउन र देशमा गणतन्त्र ल्याउन काँग्रेस र कम्युनिष्टहरुको एकताले नै काम गरेको छ । यस पटक आर्थिक समृद्धिको यात्रालाइ अघि बढाउन यो गठबन्धन पूर्ण सफल हुने उनले प्रष्ट गरेका छन् । यो निर्वाचनले काँग्रेस, माओवादी, नेकपा एस, नेसपा, राष्ट्रिय जनमोर्चाको गठबन्धनले बहुमत ल्याउने उनले बताएका छन् ।

प्रचण्ड एकदुइ जनाको लागि भन्दा पनि देशका सबै नागरिकहरु र समग्र देशको अवस्था परिवर्तनका लागि अहोरात्र खटेका छन् । उनले २०३३ साल देखि देशको परिवर्तनको लागि गोरखालाइ केन्द्र बनाएर काम गर्दै आएका छन् । देश र जनताको परिवर्तन र मुक्तिका लागि निरन्तर सँघर्ष गर्ने प्रचण्ड देशलाइ आर्थिक समृद्धिबाट अघि बढाउन लागि परेका छन् ।

गोरखामा अन्य पार्टीहरु राप्रपा, राप्रपा नेपाल, नेकपा एमाले लगायतका केही स्वतन्त्र नागरिकहरु पनि गाउँ गाउँमा मत माग्दै कार्यक्रम गरिरहेका छन् । उनीहरुले अधिकाँश समय परिवर्तनका विरुद्धमा, शान्तिका विरुद्धमा प्रचार गरिरहेका छन् ।


२०७९ कार्तिक २८, सोमबार १६:४४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय