
काठमाडौं : आइतबार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतदान सम्पन्न भएपछि साँझ आयोगको कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रमुख आयुक्त थपलियाले ८ दिनभित्रमा निर्वाचनको नतिजा सार्वजिन गरिसक्ने बताएका हुन् ।
यस्तै उनले चार प्रकारको मतपत्रको गणना पनि एकैपटक हुने बताए । उनले भने, ‘८ दिनभित्र हामी मत परिणाम सार्वजनिक गर्छौं । चारै प्रकारको मतपत्रको गणना एकैपटक गर्छौं । ‘
आयोगको प्रारम्भिक अनुमान अनुसार देशभरबाट करिब ६१ प्रतिशत मात्रै मतदान भएको छ ।