काठमाडौं : नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्। तर शपथ ग्रहणमा २७५ सांसदमध्ये २५८ जना मात्र सहभागी भएका छन्।

प्रतिनिधि सभाका १७ सांसद शपथ ग्रहण समारोहमा अनुपस्थित भएको संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताए। उनीहरुको शपथ पछि हुने जनाइउको छ।

संसद भवनमा उपस्थिति सांसदहरुलाई ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले शपथ गराएका हुन्।

२०७९ पुष ७, बिहीबार १५:४५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय