काठमाडौं । उपराष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले नमूना मतपत्र सार्वजनिक गरेको छ ।

चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनको लागि आयोगले उम्मेदवारको फोटोसहितको मतपत्रको नमूना सार्वजनिक गरेको हो।



संघीय संसद्का सदस्य र प्रदेश सभा सदस्यका लागि छुट्टाछुट्टै मतपत्र राखेको छ ।



मतपत्रमा उपराष्ट्रपति उम्मेदवारको फोटो पनि राखिएको निर्वाचन आयोगले जनाएको छ ।

नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, जनता समाजवाद पार्टीका नेता रामसहायप्रसाद यादव र प्रमीला कुमारी र जनमत पार्टीका ममता झा उपराष्ट्रपतिका उम्मेदवार छन् ।

२०७९ चैत्र १, बुधबार १०:४१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय