कपिलवस्तु, चैत ५ गते । कपिलवस्तुको बुद्धभूमि क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी भएको छ । बुद्धभूमि नगरपालिका –९ चौवन्नमा रहेको क्याम्पसमा अखिलका बाबुराम गिरी १६ मतान्तरले विजयी हुनुभएको छ ।

गिरीले ११६ मत पाउँदा नेविसंघका जीवनप्रसाद भुसालले ९५ मत प्राप्त गरेको निर्वाचन अधिकृत पदमपाणी सापकोटाले बताउनुभयो । यसैगरी सचिवमा सागर थारु, कोषाध्यक्षमा दिपा तिवारी, सदस्यमा दिलिपकुमार वि.क., मधु सुनार, प्रियङका थारु, खगिश्वरा खत्री र दिलमाया कुवँर निर्वाचित हुनुभएको छ । सो क्याम्पसमा २ सय २६ मतदातामध्ये २१३ मत खसेको थियो ।


२०७९ चैत्र ५, आईतवार १९:१९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय