काठमाडौं, चैत १३ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच गठबन्धन दलको बैठक मङ्गलबार बोलाउने समझदारी भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान मन्त्रिपरिषद् विस्तारलाई अन्तिम रूप दिन प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति देउवा र नेकपा एसका अध्यक्ष नेपालबीच छलफल भएको हो ।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार सो छलफलमा मन्त्रिपरिषद् विस्तारका लागि भोलि (मङ्गलबार) अपराह्न ४ बजे गठबन्धन दलको बैठक बोलाउने समझदारी भएको छ ।


२०७९ चैत्र १३, सोमबार १२:१०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय