जनकपुरधाम : मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले संविधानतः हरेक नागरिक तथा पशुपंक्षी तथा प्रकृतिको आ–आफ्नै अधिकार क्षेत्रको दायरामा रहेर काम गर्नुपर्ने बताएका छन् । सभामुख मण्डलले प्रकृतिकको समेत आफ्नो मौलिक अधिकार र मानवको जन्म देखि मृत्यु नहुन्जेल सम्म आफ्नो अधिकार क्षेत्र भएकोले सबैले आ–आफ्नो स्थानबाट अधिकार संरक्षण र सम्बद्र्धन गर्नुपर्नेमा जोड दिए ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) प्रदेश कार्यालय जनकपुरधामले धनुषाको लालगढमा आयोजना गरेको आर्थिक, समाजिक र सांस्कृतिक अधिकारको सवालमा प्रदेश सरकारको दायित्व र भुमिका विषयक कार्यशाला गोष्ठिमा उनले प्रकृति र मानवको अधिकार समान भएकोले मानवले प्रकृतिको अधिकार हनन् गर्न नहुनेमा जोड दिए ।

सभामुख मण्डलले अधिकार र कर्तव्यको सवालमा हामीले आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकार हनन् भईरहेको तथा त्यसले आर्थिक देखि समाजिक र सांस्कृति अधिकारहरुको समेत हनन् भईरहेकोमा कहिल्यै मनन् नै गर्न नसकेको बताए । उनले भने, ‘हामी वस्तुवादी भएर मानव र प्राकृतिक अधिकारको सवालमा हेर्नुपर्छ । तर हामी व्यक्तिवादी र व्यक्तिगत चरित्र, व्यक्तिगत लाभ हानीको हिसाबले काम गर्दा गराउँदा हामीले प्रकृतिको मौलिक अधिकार हनन् गरेर आफ्नै लागि दुर्घटना निम्त्याउँदै छौं ।’

‘नदीनाला, बनजंगल, रुख विरुवा जतिपनि प्राकृतिक वस्तुहरु छन् उनीहरुको पनि मानिस सरह अधिकार छ,’ ‘तर हामी बोल्न सक्छौ, अधिकार खोज्न सक्छौ, नपाए अधिकारको लागि लड्छौं, तर प्रकृति हामी भन्दा भिन्न छ, उनीहरुको हामी जसरी बोल्न र खोज्न सक्दैन, तर उनीहरुलाई दोहन गरे रिसाएर अतिवृति, अनावृष्टि जस्ता प्राकृतिक विपती ल्याउँछ, त्यो बेला हामीलाई महशुष हुन्छ, हामीले प्राकृतिक श्रोतको साधनको दुरुपयोग गर्दा कस्तो हानी नोक्सानी भोग्नुपर्छ । त्यसैले हामीले आफ्नो संरक्षण र सम्बद्र्धन मात्र हैन, हाम्रो पुस्ता र पिढिको लागि प्रकृतिको संरक्षण सम्बद्र्धन गर्नुपर्छ । अन्यथा विपद् स्वभाविक प्रक्रिया हो ।


२०८० बैशाख २५, सोमबार १५:५९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय