banstsingh_surita sah

जनकपुरधाम : मधेश प्रदेशको सरकार बिस्तारको क्रममा दुई मन्त्रीको जिम्मेवारी खोसिएको छ ।

जनमत पार्टीको भागमा रहेको भूमि व्यवस्था तथा कृषि मन्त्रालय र स्वतन्त्रबाट बिजयी भएकी समाजवादी पार्टी प्रवेश गरेकी सुरिता साहको जिम्मेवारी खोसिएको हो ।

खोसेर एकीकृत समाजवादीलाई जिम्मा दिएको छ ।

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनमत पार्टीबाट खोसेर भूमि व्यवस्था तथा कृषि मन्त्रालय खोसेर एकीकृत समाजवादीलाई दिएको हो । भने जसपाको सुरिताको जिम्मेवारि खोसेर नेपाली काङ्ग्रेसका बिरेन्द्र प्रसाद सिंहलाई जिम्मेवारी दिएको हो ।

मुख्यमन्त्री यादवले नेपाली कांग्रेस र एकीकृत समाजवादीलाई समेटेर सरकार विस्तार गरेका हुन् । कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव भौतिक पूर्वाधार र वीरेन्द्रकुमार सिंह स्वास्थ्यमन्त्री भएका छन् । एकीकृत समाजवादी संसदीय दलका नेता गोविन्द न्यौपाने भूमि व्यवस्था तथा कृषि भएका छन् ।

यो मन्त्रालयमा जनमत पार्टीका उपाध्यक्ष बसन्त कुशवाह मन्त्री थिए । २९ पुसमा विना विभागीय मन्त्री बनेका कुशवाहले १३ माघमा कृषि मन्त्रालयको जिम्मा पाएका थिए । मुख्यमन्त्री यादवले कुशवाहलाई विना विभागीय मन्त्री बनाएर गोविन्द न्यौपाने भूमि व्यवस्था तथा कृषि मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

२०८० जेष्ठ ९, मंगलवार १६:२०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय