
काठमाडौं: नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने चेतावनी दिएका छन्।
आइतबार प्रतिनिधिसभाको बैठकपछि बोल्दै उनले प्रधानमन्त्री र अर्थमन्त्रीले बजेट सच्याउनुपर्ने बताउँदै नसच्याए सरकार दुर्घटमा पर्ने बताए। बजेटप्रति सबै असन्तुष्ट र अक्रोशित भएको उनले बताए।
‘बजेटप्रति साथीहरु सबै असन्तुष्ट र आक्रोशित छन्। के हुन्छ भन्न सकिँदैन। यही स्थितिले जाने हो दुर्घटनातिर जान्छ कि जस्तो पनि लाग्छ’, अध्यक्ष नेपालले भने, ‘सरकार दुर्घटनामा जान्छ । तर त्यस्तो नजाओस् भन्नेमा प्रधानमन्त्री, अर्थमन्त्रीको ध्यान जानुपर्छ।’
नेता नेपालले सरकार ढल्न दिन नहुने भन्दै त्यसका लागि सरकराले लचकता देखाउनुपर्ने बताए। सरकार ढल्न दिन नहुने बताउँदै ५ वर्षसम्म गठबन्धन चल्ने बताए।